
आगामी फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिक २०१८ मा उत्तर कोरियाला आफ्ना खेलाडी पठाउने भएको छ। दुई वर्षयता भएको दुई कोरयाबीचको उच्च स्तरिय भेटघाटबाट उक्त ब्रेकथ्रुको घोषणा भएको हो। दुवै देशको बोर्डर पनमुन्जोनमा उक्त भेट भएको थियो।
उत्तर कोरियाली डेलेगेसनमा खेलाडी, समर्थक तथा अरु पनि सामेल रहने बीबीसीले उल्लेख गरेको छ।
दुई कोरियाबीचको खेलकुद एक्सचेन्जमा उत्तर कोरियाको सहभागिताले ऐतिहासिक महत्व राख्ने न्यूयोर्क टाइम्सले जनाएको छ।
उत्तर कोरियाका नेता किम जोङ उनले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्नो देशका खेलाडी सहभागी गराउन दक्षिण कोरियासँग छलफल गर्न प्रपोज गरेका थिए।
यस्तै दक्षिण कोरियाले कोरियन युद्धमा छुट्टिएका परिवारहरुलाई विन्टर ओलम्पिक्सको अवसरमा फेरी पुनर्मिलन गराउने प्रस्ताव समेत गरेको छ।
दुवै टोलीको लागि यस विषय निकै भावनात्मक रुपमा रहदै आएको थियो। दक्षिण कोरियाले बारम्बार पुनर्मिलनका लागि आग्रह समेत गर्दै आएको छ।
प्योङचाङमा हुने गेम्सको मध्यसमयमा पर्ने लुनार नयाँ वर्षको बिदामा पुनर्मिलनको हुने अपेक्षा गरिएको छ।
विन्टर ओलम्पिक्सको उद्घाटन समारोहमा दुवै कोरियाले सँगै मार्चपास गर्ने समेत दषिण कोरियाले जनाएको छ। तर यसबारेमा उत्तर कोरियाले अहिलेसम्म जवाफ दिइसकेको छैन।
यसअघि दुवै कोरियाले १० वर्षभन्दा अगाडी कोरियन पेनिससुला झण्डामा सँगै मार्च पास गरेका थिए। पछिल्लो पटक सन् २००६ मा भएको विन्टर गेम्समा दुवै कोरियाले सँगै मार्च पास गरेका हुन्।