PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

झोलुङ्गे पुलबाट खसेर दुई कामदारको मृत्यु



पहिलोपोस्ट

झोलुङ्गे पुलबाट खसेर दुई कामदारको मृत्यु
प्रतीकात्मक तस्बिर

काठमाडौं: म्याग्दीको रघुगंगा गाउँपालिकास्थित बेगखोला र बादुक खोला जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका ५ कटौजेका २२ वर्षीय धन बहादुर क्षेत्री र सोही गाउँपालिका ४ का २० वर्षीय पुरण थापा मगर रहेको प्रहरीले जनाएको छ।

सोमबार साँझ करिब ६ बजे झोलुङ्गे पुल बनाउने क्रममा एक छेउबाट अर्को छेउमा सिमेन्ट लैजाने क्रममा पुलबाट खसेर उनीहरु दुबैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell