PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एमाले माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा 



पहिलोपोस्ट

एमाले माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा 
फाइल फोटो

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आज दिउँसो बस्दैछ।

बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा समितिको बैठक दिउँसो तीन बजेबाट सुरु हुने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

संयोजन समितिमा एमाले र माओवादीका शीर्ष नेताहरु छन्। सोमबार दुबै पार्टीले बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गरेको थियो। आजको बैठकमा प्रस्तुत हुने खाकामा सहमति भएपछि केही दिनभित्रै एकताको घोषणा हुने जनाइएको छ।

यसअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलमा दुबै जना अध्यक्ष हुने गरी खाका तयार पार्ने सहमति भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell