PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डा. केसीको मुद्दा सुनुवाइको इजलास तोकियो, न्यायाधीश मिश्र र चालिसेले बयान लिने



पहिलोपोस्ट

डा. केसीको मुद्दा सुनुवाइको इजलास तोकियो, न्यायाधीश मिश्र र चालिसेले बयान लिने

काठमाडौँः डा. गोविन्द केसीको अपहेलना मुद्दा सुनुवाइका लागि सर्वोच्च प्रशासनले इजलास ताकेको छ। न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा केसीको बयान हुने भएको छ।बयान सकिएपछि सोही इजलासले केसीको मुद्दामा सुनुवाइ गर्नेछ। 

बिहान कार्यालय समयअघि नै केसीलाई अदालतमा पेश गरिए पनि इजलास तोक्न ढिलाइ गरिएको थियो। दैनिक पुरक पेशी सूचीमा इजलास तोकिएको हो। 


इजलास तोक्नुअघि सर्वोच्चको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित बैठक) बसेको थियो। फूलकोर्टको निर्णयपछि इजलास तोकिएको हो।

अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च प्रशासनकाे टिप्पणीले केसीविरुद्ध सोमबार मुद्दा चलाइएको थियो। सोमबार नै केसीलाई बयानका लागि हाजिर गराउन सर्वोच्चले आदेश जारी गरेको थियो। 

   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell