
काठमाडौः नेकपा एमालेका नेता एवं भोजपुरका प्रदेश सभा सदस्य शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाएका छन्।
आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशीबिदेशी शक्तिको तुरुपको र संबिधानको मर्मविपरित गएर काम गरिरहेको आरोप लगाएका हुन्।
उनले वर्तमान देउवा सरकाले जनआदेश र संबिधान विपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण विषय अब बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताए।
वाम गठबन्धन टुटाउन देशीविदेशी शक्ति लागिपरेको बताउँदै उनले भने 'जनताले पार्टी एकीकरण गर्न नसके पनि न्यूनतम पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अव एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन्।'
एमाले अध्यक्ष केपी शर्मा आली र माओवादी अध्यक्ष प्रचण्डको विकल्प नभएको भन्दै उनले नयाँ पुस्ता सक्षम भए पनि बाम गठबन्धन भित्र केही ब्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्रीमा दाबी भने समयसापेक्ष नरहेको बताए ।
प्रदशे सरकारका लागि सबै भन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै समस्याहरु रहेता पनि यसको समाधान गर्न आफ्नो स्रोत साधनको उपयोग र भ्रष्टाचार मुक्त देश तर्फ बढ्न नसके थप जटिलता निम्ताउने दाबी गरे।
अब केही समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्यमन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको उनले बताए।