निर्देशक मिलन चाम्सको दोस्रो फिल्मको पनि रिलिज टार्गेट मिट नहुने भएको छ। फिल्म 'ह्याप्पी डेज'को प्रदर्शन मिति सर्ने भएको छ। निर्देशक मिलन चाम्सले यो कुराको पुष्टि गरे। फिल्मको नयाँ रिलिज टार्गेट भने सार्वजनिक भएको छैन।
बलिउड फिल्म पद्मावतीको रिलिज मिति तय भएपछि ह्याप्पी डेज प्रदर्शन मिति सारिएको हो। पद्मावती र प्याडम्यान एकसाथ माघ ११ मा रिलिज हुँदैछन्। यी दुबै ठूला बलिउड फिल्मले नेपालको मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाउने निश्चित छ।
ह्याप्पी डेजको दोस्रोपटक रिलिज टार्गेट सर्दैछ। फिल्मले मंसिर १५ को रिलिज टार्गेटलाई माघ १२ मा पुर्याएको थियो।
मिलन चाम्सले यसअघि फिल्म ‘लिलिबिली’को पनि प्रदर्शन मिति सारे। चैत ३० गते सार्वजनिक हुने भनिएको फिल्म वैशाख १४ गते मात्र आउने भयो। लिलिबिली भने पोस्ट प्रोडक्सनको काम ढिला हुने भएकाले पछि सारिएको हो।