काठमाडौं: फिल्म 'दोषी को?'को गीत रिलिज भएको छ। 'शिरफूल शिरैमा' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो।
सार्वजनिक गीतमा गायिका मेलिना राईले स्वर दिएकी छिन्। त्यस्तै निर्माता गोपी अधिकारीको शब्द र संगीत रहेको छ। गीतको भिडियो कोरियोग्राफी रमेश रेग्मीले गरेका हुन्।
निमा लामा तामाङको निर्देशनमा बनेको फिल्मको कथा र पटकथा थापाले लेखेका हुन्। सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नव कलाकारको अभिनय रहेको छ।
फिल्मको पहिला विदेशमा विशेष सो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गर्ने जानकारी निर्माता गोपीले दिए।