
काठमाडौं: सोमबार साँझ अदालतको मानहानी गरेको भन्दै अनशन बसेका डा गोविन्द केसी पक्राउमा परे।
उनी पक्राउमा पर्नसाथ राजनीतिक दलका नेताहरुले उनको पक्षमा प्रतिक्रिय जनाउन थालेका छन्।
कसले के भने त?
मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ परेको खबरले दु:खीछु।डा.केसीको शीघ्र रिहाइकालागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु।चिकित्सा शिक्षाक्षेत्रको सुधारकालागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँशक्तिको ऐक्यबद्धता छ.(फाइल फोटो) pic.twitter.com/Ez9PaXPnkD
— Baburam Bhattarai (@brb1954) January 8, 2018
डा•गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो।"अदालतको मानहानि"लाई सत्याग्रही बिरुद्ध हतियार बनाईनु नितान्त गलत छ।फेरि दोहोर्याएर भन्छु,अदालत"भगवान"होइन। राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो।त्यसको पनि परिणाम हो यो।सम्बन्धित सबैले बुझुन् ।
— NKShresthaPrakash (@nksthaprakash) January 9, 2018
डा. केसीका माग र विरोधको शैली सम्बन्धमा वहस हुन सक्छ । तर अदालत उहाँको विरुध्द जसरी प्रस्तुत भयो/ भइरहेको छ, त्यसलाई किमार्थ उचित मान्न सकिन्न । काम/ निर्णयमा प्रतिशोध, पूर्वाग्रह या अन्यथा गन्ध भेटियो भने न्यायालयको मान बढ्दैन, उल्टो घट्छ ।
— प्रदीप ज्ञवाली (@PradeepgyawaliK) January 9, 2018
सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरन्त रिहा गर्न सरकारसँग माग गर्छु । हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन ।
— Gagan Thapa (@thapagk) January 8, 2018
पहिले-पहिले अदालतको मानहानी मुद्वामा कसैलाई पनि रातारात पक्राउ गरेको कहिल्यै सुनेको थिइन। डा. गोबिन्द केसिको अभिव्यक्तिबाट अदालतको कस्तो मानहानी हुन पुगेछ श्रीमान? सरकारलाई थाहै नदिइकन उहाँलाई रातारात पक्राउ गर्नुपर्ने। जनता जान्न चाहन्छ।
— Dhan Raj Gurung (@dhanrgrg) January 9, 2018
नितिमाथि जब नियत हावी हुन्छ , तब यस्तो हुन्छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 9, 2018
विधिभन्दा ब्यक्ति बलशाली जब हुन्छ,तब यस्तो हुन्छ !!
गोपाल श्रीमान् ! एउटा सन्त फकिरले न्यायालयको मर्यादा जोगाउं भन्यो त के आतंकवादी अपराधनै गर्यो ? pic.twitter.com/AicXh0i3QZ