PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

हलिउड अभिनेत्री ओप्रा विन्फ्रे चुनाव लड्ने तयारीमा



पहिलोपोस्ट

हलिउड अभिनेत्री ओप्रा विन्फ्रे चुनाव लड्ने तयारीमा

हलिउड अभिनेत्री तथा सञ्चारकर्मी ओप्रा विन्फ्रे राजनीतिमा सक्रिय हुने भएकी छिन्। उनले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति चुनाव लड्ने योजना बनाएको उनी निकट स्रोतले अमेरिकी सञ्चार माध्यममा जनाएका हुन्। तर यस विषयमा आधिकारिक खबर सार्वजनिक भएको छैन।

विन्फ्रेको समर्थनमा सामाजिक सञ्जालमा #Oprah2020 ट्रेन्डिङ सुरु भएको छ। ७५ ‍औं गोल्डेन ग्लोब्स् अवार्डमा सशक्त भाषण दिएपछि विन्फ्रेको चर्चा चुलियो र उनको भाषणलाई राजनीतिमा लाग्ने संकेतको रुपमा लिइएको हो। उनले भाषणमा अमेरिकामा हुने जातिय र लैङ्गिक हिंसा बारे बोलेकी हुन्।

६३ वर्षिय विन्फ्रेलाई गोल्डेन ग्लोब्समा 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' प्रदान गरिएको थियो। उनी चुनाव लड्ने खबर बारे बाराक ओबामाका स्पिच राइटरले असमर्थ जनाएका छन्। उनले ओप्रा विन्फ्रे प्रेरणादायी पात्र भएपनि राजनीतिका लागि उनी योग्य भन्न नसक्ने जनाएका हुन्। लेख्छन्,'मलाई थाहा छैन ओप्रा सही उम्मेद्वार हुन सक्छिन् कि सक्दिनन्। तर उनमा अनुभव चाहिं हुनुपर्छ।' 

ओप्रा अभिनित द कलर पर्पल, नेटिभ सन, लिंकन, एलेन, बि मुभी लगायत चर्चामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell