PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

ओली निवास बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक सुरु



पहिलोपोस्ट

ओली निवास बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक सुरु

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सुरु भएको छ। 

पार्टी एकताको उद्घोषसहित चुनावी तालमेल गरेका यी दुई दलबीच निर्वाचनपछि पार्टी एकताको विषयमा छलफल गर्न औपचारिक बसेको हो। 

नेकपा एमाले माओवादी केन्द्रले राष्ट्रिय सभागृहमा सरप्राइज शैलीमा आसोज १७ गते वाम गठबन्धन सहित पार्टी एकता गर्ने उद्घोष गरेका थिए। 

यसको लागि असोजमा दुई दलबीच एकता संयोजन समिति समेत गठन गरेको थियो। त्यसको तीन महिना पछि पाटी एकता संयोजन समितिको बैठक बस्दैछ।

पार्टी एकताको विषयमा यसअघि दुवै दलले आन्तरिक छलफल र तयारी गरिसकेका छन्। यस विषयमा दुवै पार्टी अध्यक्षबीच पटकपटक भेटवार्ता भइसकेका छन्। 

को को छन् पार्टी एकता संयोजन समितिमा? 

एमालेबाट अध्यक्ष केपी शर्मा ओलीका अलवा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालका अलावा महासचिव ईश्वर पोखरेल सदस्यका रुपमा छन्।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अलावा बरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell