PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

बयान सकियो, भोलि बहस : गोविन्द केसीको आज पनि थानामै बास



पहिलोपोस्ट

बयान सकियो, भोलि बहस : गोविन्द केसीको आज पनि थानामै बास

काठमाडौं : सर्वोच्च अदालतको मानहानी मुद्दामा आज उपस्थित गराइएका डाक्टर गोविन्द केसीले वयान दिँदै प्रधान न्यायाधीशसामु नै ११ प्रश्न पेश गरेका छन्। उनको वयान सकिएको छ।

भोलि बिहान १० बजे सर्वोच्चमा केसीविरुद्धको मुद्दामा बहस हुनेछ। अनशनमै रहेका केसीलाई एम्बुलेन्समा राखेर हिरासतमै फिर्ता लगिने छ। 

अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई राति गिरफ्तार गरिएको थियो। बयान आज सकिए पनि बहस भने बुधवार हुने भएको हो। बयानपछि केसीलाई पुन नेपाल प्रहरीको जिम्मा लगाइएको छ। डाक्टर केसीलाई महानगरीय प्रहरी बृत सिंहदरबारमा राखिने एसएसपी रविन्द्र धानुकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell