
काठमाडौं: फिल्म ‘बोबी’को प्रिमियर नर्वेमा हुने भएको छ। रियल जोडी उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा आधारित फिल्मको आउँदो मे १० मा प्रिमियर हुने भएको हो।
मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’लाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनिले देखाउने छ। फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (पूर्व मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ।
नर्वेमै बस्ने इन्जीनियर उमेश र होटल म्यानेजर कविताको प्रेमकथामा तयार गरिएको फिल्मको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन्। चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायाँकन र अर्जुन जिसीको सम्पादन छ।
फिल्मको नेपाल रिलिज तय भएको छैन।