PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

चीनले भारतलाई भन्यो: दोकलाम हाम्रो हो, हाम्रो सेनाको गस्ती जारी रहन्छ



पहिलोपोस्ट

चीनले भारतलाई भन्यो: दोकलाम हाम्रो हो, हाम्रो सेनाको गस्ती जारी रहन्छ
फोटो श्रोत: bhaskar.com

बेइजिङ: चिनिया सेनाले विवादित क्षेत्र दोकलाम आफ्नो भएको दाबी गर्दै त्यहाँ गस्ती बढाउने जनाएको छ। चिनिया बिदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, 'दोकलाम हाम्रो जमिन हो। त्यहाँ हाम्रो सेना रहनेछ। सेनाले गस्ती पनि बढाउनेछ।'

उनले थपेका छन्, 'दोकलाम चीनकै अधिकार क्षेत्र हो। यसमा कुनै विवाद पनि छैन।' केही दिन अघिमात्र भारतीय सेना प्रमुख विपिन रावतले चीनले आफ्नो सेना फिर्ता बोलाएको समाचार सार्वजनिक भएपछि चीनको प्रतिक्रिया आएको हो।

गत जुन १६ मा दोकलाम विवाद चुलिएपछि चिनियाँ र भारतीय सेना आमनेसामने भएका थिए। ७२ दिनसम्मा जारी विवाद २८ अगस्टमा आएर साम्य भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell