PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रिय सभाका लागि दल दर्ता गर्दै राजपा, फोरमले भोलि गर्ने



पहिलोपोस्ट

काठमाडौं : संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचन परियोजनका लागि बुधबार दल दर्ता गराउने निर्णय गरेको छ।

फोरमका नेता रत्नेश्वर लाल कायस्थका अनुसार मंगलवार बसेको पदाधिकारी बैठकले दल दर्ता गराउने निर्णय गरेको हो। बुधवार दल दर्ता हुने कायस्थले बताए। 

राष्ट्रिय सभा सदस्यहरुका लागि निर्देशिका आइनसकेकाले सदस्यहरुको विषयमा छलफल हुन नसकेको उनले बताए। 

यता राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रिय सभाका लागि दल दर्ता गराउने तयारी गरिरहेको जनाएको छ।
राजपाका महासचिव मनिष सुमनले औपचारिक निर्णय नभएपनि दल दर्ताको तयारी भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell