PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

डा केसीको समर्थनमा भोलि पनि प्रदर्शन



पहिलोपोस्ट

डा केसीको समर्थनमा भोलि पनि प्रदर्शन

काठमाडौं: माइतीघर मण्डलामा डा केसीको समर्थनमा भोलि पनि प्रदर्शन हुने भएको छ। अदालतको अवहेलनाको गरेको भन्दै डा केसीलाई अनशन स्थलबाट हिजै पक्राउ गरिएको थियो। 

डा केसीको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाई गरेको थियो। मुद्दाको फैसला भोलि १० बजे हुनेछ।

स्वास्थ्य स्थिति बिग्रएपछि डा केसीलाई विर अस्पताल लगिएको छ। विर अस्पतालबाटै उनलाई भोली सर्वोच्च अदालत लगिनेछ। 

सोलीडारिटी फर डाक्टर केसी अलाईन्स लगायत विभिन्न स्वतन्त्र संस्थाहरुले भोलि १ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने  डा गोविन्द केसीका सहयोगी अभिषेकराज सिंहले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell