PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

राष्ट्रिय बास्केटबल : मध्यमाञ्चल सेमिफाइनलमा



पहिलोपोस्ट

राष्ट्रिय बास्केटबल : मध्यमाञ्चल सेमिफाइनलमा

काठमाडौं : मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। मध्यमाञ्चल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

मध्यमाञ्चलले लिगको आफ्नो अन्तिम खेलमा पश्चिमाञ्चललाई ६९–२० ले पराजित गर्‍यो। मध्यमाञ्चलकी माया स्याङतानले १२ अंक जोडिन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा तीनै विभागी टोली एपीएफ, नेपाल आर्मी र नेपाल प्रहरीसहित मध्यमाञ्चलले सफलता पाए।

एपीएफले पश्चिमाञ्चललाई ८६–७६ ले हरायो। एपीएफका विजय बुर्जाले २९ अंक जोडे। सदीश प्रधानको ३१ अंक सहयोगमा आर्मीले मध्यपश्चिमाञ्चललाई १२७–६२ को फराकिलो अन्तरले पराजित गर्‍यो।

प्रहरीले पूर्वाञ्चललाई ९०–६६ ले हरायो। प्रहरीका विकास गुरुङले २८ स्कोर गरे। सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा मध्यमाञ्चल ९०–६९ ले विजयी भयो। मध्यमाञ्चलका विनोद श्रेष्ठले १९ अंक जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell