PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

सुदूरपश्चिम खप्तड गोल्डकप : रुपन्देही-११ क्वाटरफाइनलमा



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : रुपन्देही-११ क्वाटरफाइनलमा

काठमाडौं : रुपन्देही ११ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा मंगलबार भुटानको ड्रुक स्टार क्लबलाई ३–२ ले पराजित गर्दै रुपन्देही-११ अन्तिम आठमा पुगेको हो।

धनगढी रंगशालमा रुपन्देहीलाई जित दिलाउन अमर डंगोलले २ तथा मनिष थापाले १ गोल गरे।

रुपन्देहीका लागि अमरले २२औँ र ३८औँ मिनेटमा गोल गरे भने मनिष थापाले ६९औँ मिनेटमा तेस्रो गोल गरे।

ड्रुकस्टारको लागि ५८औँ मिनेटमा कुएङ्गा चव्गे र इन्जुरी टाइममा यसी दोर्जीले गोल गरेका थिए। निर्धारित समयको अन्त्यतिर ड्रुक स्टारले पेनाल्टी अवसर पाएपनि सदुपयोग गर्न सकेन।

क्वाटरफाइनलमा अब रुपन्देही-११ ले मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ।

बुधबार हुनजे दोस्रो क्वाटरफाइनलमा सिएमजी संकटा र एपीएफबीच प्रतिस्पर्धा हुने छ। यस खेलको विजेताले सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ सँग खेल्नेछ। सुदूरपश्चिम पहिलो खेलमा च्यासललाई हराउंदै सेमिफाइनल पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell