PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मानव बेचबिखन आरोपमा होटल सञ्चालक पक्राउ



पहिलोपोस्ट

मानव बेचबिखन आरोपमा होटल सञ्चालक पक्राउ

भद्रपुरः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ।

सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु चार लाख रुपैयाँ पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

ती युवतीलाई सञ्चालकले कोठा भाडामा लिई राखेको दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने युवतीको आरोप रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell