PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

इएफएल कप : अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीको पुनरागमन जित



पहिलोपोस्ट

इएफएल कप : अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीको पुनरागमन जित

सर्जियो अगुएरोले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले इएफएल कपको सेमिफाइनलको पहिलो लेगमा ब्रिस्टोल सिटीलाई पराजित गरेको छ।

घरेलु मैदान सिटीले एक गोलले पछि परेको अवस्था उल्टाउँलै ब्रिस्टोललाई २-१ ले पराजित गरेको हो। एतिहाड स्टेडियममा ब्रिस्टोलका बबी रेइडले ४३औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि सिटी पहिलो हाफमा पछि परेको थियो।

तर दोस्रो हाफमा सिटी गोल र्न सफल भयो। ५६औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै खेल बराबरी गरे। निर्धारित समयमा खेल बराबरीमा सकिएपछि थपिएको इन्जुरी टाइमको दोस्रो मिनेटमा अगुएरोले विजयी गोल गरेका हुन्। अगुएरो वैकल्पिक खेलाडीको रुपमा ६९औँ मिनेटमा याया टुरेको स्थानमा मैदान प्रवेश गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell