PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

कोपा डेल रे : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया क्वाटरफाइनलमा



पहिलोपोस्ट

कोपा डेल रे : एथ्लेटिको मड्रिड र भ्यालेन्सिया क्वाटरफाइनलमा

एथ्लेटिको मड्रिड र भ्यालेन्सिया स्पानिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराती भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिकोले लेइडा स्फोर्टिउलाई ३-० ले पराजित गर्दै समग्रमा ७-० को जित हात पार्‍यो।

एथ्लेटिकोका लागि यानिक कारास्को, केभिन गमेइरो र भिटोलोले गोल गरे। पहिलो लेग एथ्लेटिकोले ४-० ले जितेको थियो।

उता लुइस डारियानो भिएट्टोको ह्याट्रिक मद्दतमा भ्यालेन्सियाले लस पलमसलाई दोस्रो लेगमा ४-० ले पराजित गर्दै समग्रमा ५-१ को जित हात पार्‍यो। घरेलु मैदानमा भ्यालेन्सियाका लागि नेमान्जा माक्सिमोभिचले एक गोल थपे। यसअघि पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell