PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग



पहिलोपोस्ट

प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेश–थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको छानविन आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको महिनौं बित्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न शंका उत्पन्न भएको भन्दै राजपाले तत्काल सार्वजनिक गर्न माग गरेको हो। 
राजपाको अध्यक्ष मण्डलको मंगलबार बसेको बैठकले प्रतिवेदन सार्वजनिकको माग गर्ने निर्णय गरेको हो।
 
यसैगरी राजपाको उक्त बैठकले मधेशका सितलहर पीडितका लागि तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। चिसोका कारण मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राजपाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको राजपाका महासचिव केशव झाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell