PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

यी हुन् अमेरिकी दुतावासले २०१८ मा देखाउने फिल्म



पहिलोपोस्ट

यी हुन् अमेरिकी दुतावासले २०१८ मा देखाउने फिल्म

अमेरिकी दुतावासले हरेक महिना विभिन्न हलिउड क्लासिकल फिल्महरु प्रदर्शन गर्दै आएको छ। वर्ष २०१८ का लागि पनि प्रदर्शन हुने फिल्महरुको लाइनअप दुतावासले सार्वजनिक गरेको छ। राजदुत अलैना बि तेप्लिजले ट्वजिटरमार्फत सूची रिलिज गरेकी हुन्।

सार्वजनिक सूचीमा १२ फिल्मको नाम छन्। जसमा जनवरीको लागि 'प्लानेट बि ब्वाइ' देखाइने उल्लेख गरिएको छ। त्यस्तै फेब्रुअरीमा अस्कर विजेता फिल्म 'स्पटलाइट', मार्चमा 'अ लिग अफ देयर वन', अप्रिलका लागि 'वाक अन द लाइन', मेमा 'टु किल अ मेकिङ्गार्ड', जुनमा 'द आइरन जायन्ट', जुलाइमा 'ब्रिक', अगस्तमा 'ग्लोरी' सेप्टेम्बरमा 'ह्यारोल्ड लोयड', अक्टोबरमा 'इटी', नोभेम्बरमा 'मिस्टर स्मिथ गोज टु वासिङटन' र डिसेम्बरमा 'जुडी गारल्‍यान्ड' देखाइनेछ।

अमेरिकी दुतावासले हरेक महिनाको अन्तिम विहीबार क्युएफएक्समा फिल्म प्रदर्शन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell