PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

कार्यदललाई तत्काल काम सुरु गर्न ओली र प्रचण्डको निर्देशन



पहिलोपोस्ट

कार्यदललाई तत्काल काम सुरु गर्न ओली र प्रचण्डको निर्देशन

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन्। 

आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए।

कार्यदलले राष्ट्रिय सभाकाे निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारकाे गठन, प्रदेशकाे मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयाेजन समितिमा रिपाेर्ट पेश गर्नेछ। रिपाेर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेकाे जनमत, व्यक्तिकाे व्यक्तित्व र याेगदान, पार्टी एकताकाे स्प्रीट र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिए।
 
प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उनले जानकारी दिए। 

कार्यदलमा रामबहादुर थापा "बादल", सुवास नेम्वाङ, वर्षामान पुन, श‌ंकर पाेखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell