PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

७.५ म्याग्नेच्युटको भूकम्पले हल्लायो होन्डुरस



पहिलोपोस्ट

७.५ म्याग्नेच्युटको भूकम्पले हल्लायो होन्डुरस

टेगोसीगोल्पा : उत्तरी होन्डुरसमा ७.५ म्याग्नेच्युट क्षमताको शक्तिशाली भूकम्प गएको छ। मंगलबार रातिको भूकम्पले सुनामी निम्त्याउन सक्ने जनाइएको छ। युएस जिओलोजिकल सर्वेका अनुसार क्यारेवियन समुन्द्र केन्द्रविन्दु रहेको भूकम्पले सुनामीको खतरा देखाएको हो।  

भूकम्पको प्रभाव पर्ने क्षेत्रमा जनसंख्या धेरै छ। तत्काल क्षति के भएको छ भन्नेबारे जानकारी आइसकेको छैन। प्यासेफिक सुनामी वार्निङ सेन्टरले भने सुनामीका लागि सचेत गराइसकेको छ। एक मिटर उचाईको समुन्द्री लहर पनि आउनसक्ने प्रक्षेपण गरिएको छ।

स्थानीय समयअनुसार राति १०: ५० बजे ग्रेट स्वान आइल्यान्डबाट २७ माइल दुरी केन्द्र बनाइ भूकम्प गएको हो। -सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell