PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

'र्‍याप एक्टिभिस्ट' आइशा फुकुशिमा नेपाल आउँदै



पहिलोपोस्ट

'र्‍याप एक्टिभिस्ट' आइशा फुकुशिमा नेपाल आउँदै

काठमाडौं: अमेरिकन गायिका एवं र्‍याप एक्टिभिस्ट आइशा फुकुशिमा नेपाल आउँदै छिन्। नेपालका लागि अमेरिकन राजदुत अलैना बि तेप्लिजले आइशासँगको फोटो सेयर गर्दै उनी पुन: नेपाल आउने जनाएकी हुन्।

उनी कहिले र केका लागि नेपाल आउने भन्ने बारे चाहिं खुलाइएको छैन। अलैनाले लेखेकी छिन्,'उनी फेरी नेपाल आउँदै छिन्। उनको प्रेरणादायी संदेशले नेपाली युवामा उर्जा र जोस भर्नेछ।' उनको ट्विटमा आइशाले आफू नेपाल आउन हतारिएको प्रतिक्रिया जनाएकी छिन्। 

यसअघि सन् २०१७ मा उनी नेपाल आएर विभिन्न सहरमा कन्सर्ट गरेकी थिइन्। 'र्‍याप्टिभिजम' नामक अभियानको अभियान्ता रहेकी उनी अमेरिकन एम्बेसीले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell