
काठमाडौं: अमेरिकन गायिका एवं र्याप एक्टिभिस्ट आइशा फुकुशिमा नेपाल आउँदै छिन्। नेपालका लागि अमेरिकन राजदुत अलैना बि तेप्लिजले आइशासँगको फोटो सेयर गर्दै उनी पुन: नेपाल आउने जनाएकी हुन्।
उनी कहिले र केका लागि नेपाल आउने भन्ने बारे चाहिं खुलाइएको छैन। अलैनाले लेखेकी छिन्,'उनी फेरी नेपाल आउँदै छिन्। उनको प्रेरणादायी संदेशले नेपाली युवामा उर्जा र जोस भर्नेछ।' उनको ट्विटमा आइशाले आफू नेपाल आउन हतारिएको प्रतिक्रिया जनाएकी छिन्।
.@aishafukushima is coming back to #Nepal! Her inspiring messages encouraging Nepali youth to participate in government seem timely to me -- Rap up a storm, Aisha! @USEmbassyNepal pic.twitter.com/jCfKF6aEAk
— Alaina B. Teplitz (@USAmbNepal) January 9, 2018
Thank you @USAmbNepal! We can't wait! @DameDrummer @hammondgal @uriahduffy https://t.co/XHGgW6elJK
— aishafukushima (@aishafukushima) January 9, 2018
यसअघि सन् २०१७ मा उनी नेपाल आएर विभिन्न सहरमा कन्सर्ट गरेकी थिइन्। 'र्याप्टिभिजम' नामक अभियानको अभियान्ता रहेकी उनी अमेरिकन एम्बेसीले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी भएकी हुन्।