PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

१५ दिनमा हुने कुरा अहिल्यै किन भन्नु : ओली



पहिलोपोस्ट

१५ दिनमा हुने कुरा अहिल्यै किन भन्नु : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले कानुनको जटिलता देखाएर सत्ता हस्तान्तरणमा ढिलाई गरेको विषयमा व्यङ्ग्य गरेका छन्। 

स्वास्थ्य परीक्षणका लागि आज बैंकक जाँदैगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मलेनमा अध्यक्ष ओलीले भने, 'कानुनको जटिलता केही लागेको भए गोविन्द केसीले व्याख्या गरिरहनु भएको छ। उहाँलाइ सोधे हुन्छ।'

त्यस्तै ओलीले सरकारले विभिन्न बखेडा झिकेर सरकारको आयु लम्ब्याउन लागेको आरोप समेत लगाए। उनले छिटै पार्टी एकता एकता भइसक्ने दावी गरे। 

पत्रकार सम्मेलनमा ऋषि धमलाले सोधे : पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा तपाईँ र प्रचण्ड हुने कुरा उठेको छ के हो? जवाफमा ओलीले भने, '१५ दिनभित्र हुने कुरा अहिले नै किन भन्नुपर्छ र?'

उनले विभिन्न शक्तिले एकता रोक्न चलखेल गरिरहेको समेत आरोप लगाए। 

उनी आज १ बजे थाइ एयरवेजको नियमित उडानबाट बैंकक गएका हुन्। ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, सहयोगी राजेश बज्रचार्य, चिकित्सक दीपा सिंह र यादव भट्ट पनि सँगै गएका छन्। उनको वुङरुगाड अस्पतालमा उपचार  हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell