
काठमाडौं : डा गोविन्द केसीले सर्वोच्च अदालतको कठघराबाटै प्रधान न्यायाधीश गोपाल पराजुली भ्रष्ट भएको बताएका छन्। उनले पराजुली भष्ट भएको र आफुले पुष्टि गर्न सक्ने बताएका हुन्।
बयान दिने क्रममा डा केसीले आफूले प्रधान न्यायाधीश पराजुलीलाई भ्रष्ट र माफिया भनेको स्वीकार्दै भने, 'म सार्वभौम देश्को नागरिक हुँ। मलाई वाक स्वतन्त्रताको अधिकार छ। मैले पराजुलीलाई माफिया र भ्रष्ट भनेकै हुँ।'
केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ। अदालतको आदेशमा प्रहरीले केसीलाई सोमबार पक्राउ गरेको थियो।
मंगलवार अदालतमा उस्थिति गराएका केसीको बयान सकिएपछि आजबाट बहस भइरहेको छ।