PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

यौन दुराचार आरोपमा सेनाका मेजर पक्राउ



पहिलोपोस्ट

यौन दुराचार आरोपमा सेनाका मेजर पक्राउ
प्रतीकात्मक फोटो

काठमाडौं: एक बालिकालाई यौन दुराचार गरेको अभियोगमा नेपाली सेनाका मेजर (सेनानी)लाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त बानेश्वरले मेजर प्रभवविक्रम शाहलाई पक्राउ गरेको हो। शाहले आफन्तको घरमा एक बालिकालाई अप्राकृतिक यौन गतिविधि गराएको भन्दै पीडितको उजुरी परेपछि शाहलाई पक्राउ गरिएको हो। 

पक्राउ परेका शाहलाई जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धानअघि बढाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रवी पौडेलले बताए। पक्राउ परेका मेजर २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell