PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अमेरिकाले उडाएको जासुसी रकेट आकाशमै बेपत्ता 



पहिलोपोस्ट

अमेरिकाले उडाएको जासुसी रकेट आकाशमै बेपत्ता 

वसिङटन डिसी: अमेरिकाले चारदिन अगाडी उडाएको उच्च क्षमताको जासुसी स्यटलाइट आकाशमै बेपत्ता भएको छ। 

फल्कन ९ स्पेस एक्स नाम दिएको उक्त रकेट गन्तव्यमा पुग्न विफल भएको र हराएको हुन सक्ने स्पेस एक्सका प्रवक्ताले पुष्टि गरेका छन्।

स्पेस एक्सका अध्यक्ष ग्वेन सटवेलले केप कनभेरल एअर फोर्स स्टेसन फ्लोरिडाबाट उडान भर्दै गर्दा सब ठिकठाकका रहेको बताएकी थिइन्।

मौसममा सुधार नआएसम्ममा रकेटको अवस्थाबारे बताउन नसक्ने उनले जनाएकी छन्। 

टाइमले केही अज्ञान अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै यो रकेट समुद्रमा खसेको जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell