PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने



पहिलोपोस्ट

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने

काठमाडौं: कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन्।  

हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र नृत्य निर्देशक तथा मोडल शंकर बीसीले विशेष प्रस्तुती रहने बताइएको छ।

कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रममा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले भने,'नेपाली कला संकृती र संगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्न सक्छ।' उनले कतारमा रहेका नेपालीहरुका लागि पनि कुमारी बुम सुपर स्टार नाइट्स महत्वपूर्ण रहने बताए।

कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा आयोजना हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell