PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सर्वोच्च प्रशासनको तर्फबाट बहस सकियो, डा केसीको पक्षमा बहस हुँदै



पहिलोपोस्ट

सर्वोच्च प्रशासनको तर्फबाट बहस सकियो, डा केसीको पक्षमा बहस हुँदै

काठमाडौं :  डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ।

सर्वोच्च प्रशासनका तर्फबाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरिसकेका छन्। 

अब केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई लगायतका कानुन व्यवसायीले बहस सुरु गरेका छन्। 

अपहेलना मुद्दामा केसीको मंगलबार सर्वोच्चले बयान लिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell