PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

'मिस्टर झोले' को हङकङ प्रिमियर जनवरी १४ मा



पहिलोपोस्ट

'मिस्टर झोले' को हङकङ प्रिमियर जनवरी १४ मा

काठमाडौं : पुस २८ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’ आउँदो आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ। मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङ उपस्थित हुनेछन्।

‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन्। ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट सशुल्क बसको पनि व्यवस्था गरिएको छ।

रामबाबू गुरुङ निर्देशित फिल्ममा दया र दीयाका अलावा बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ।

रामबाबुकै कथा लेखन रहेको फिल्म निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ। सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell