A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab012064eaa79.56383286): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab012064eaa79.56383286,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

आइओएममा चार दिनको चलखेल :  डा जगदीश अग्रवाल (अन्तर्वार्ता)
PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

आइओएममा चार दिनको चलखेल :  डा जगदीश अग्रवाल (अन्तर्वार्ता)



सागर बुढाथोकी

आइओएममा चार दिनको चलखेल :  डा जगदीश अग्रवाल (अन्तर्वार्ता)

चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम) यतिबेला डिन विवादले तातेको छ। चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन डा शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेसँगै शर्माले पदवहाली गरिसकेका छन्। अदालतले पुरानोलाई पुनर्वहाली गरेपछि आफूमात्रै डिन भएको अडान छ शर्माको। शर्मालाई ४ दिनको लागि डिन बनाउँदा अर्का पनि डिन बहालवाला नै छन् - डा जगदीश अग्रवाल। अदालतको फैसला नयाँ डिन बनाउने खेलका रुपमा पनि लिइएको छ। 

मेडिकल शिक्षाका जानकारहरुका अनुसार अग्रवाल हुँदा मेडिकल शिक्षामा चलखेल गर्न कठिन भयो। अग्रवालकै कार्यकालमा मेडिकल कलेजको सिट निर्धारण भयो, भर्ना शुल्क सरकारले तोकेको मात्र तिर्ने र मेरिटमा परेका विद्यार्थीहरु मात्र भर्ना हुने परिपाटी बस्यो। जसका कारण मेडिकल कलेजले  एक जना विद्यार्थीका लागि करौडौँ असुल्न पाएनन् र विना पूर्वाधार धेरै भन्दा धेरै विद्यार्थी भर्ना लिन सकेनन्। 
यिनै विषयमा अग्रवालसँग सागर बुढाथोकीले लिएको अन्तर्वार्ता :

डा केसीको २० दिनको अनशनपछि वरिष्ठताको आधारमा तपाईँ डिन बन्ने बाटो खुलेको थियो। अहिले सर्वोच्चले त्यो आधार मेटेर डा शर्मालाई पुनर्वहाली गरेको छ। यो घटनालाई कसरी लिनुभएको छ?

म डाक्टर गोविन्द केसी अनशनमा बस्दा बाहिर थिएँ। बरिष्ठ मान्छे डिन बन्नुपर्छ भन्ने उहाँको माग थियो। म  केसीका कारण डिन भएको भन्ने मान्दिन। उहाँको अडान अनुसार बरिष्ठ म नै थिएँ, मेरो कोही विकल्प नभएको कारण डिन भएँ।

म कुनै पनि पोलिटिकल पार्टीमा संग्लग्न थिइन। म आज पनि कुनै पार्टीमा छैन। हिजो पनि थिइन र भोलि पनि हुन्न। यहाँको संस्कारका कारणले गर्दा पनि मलाई डिन बन्न दिइएको थिएन।


केके कारण थिए जसले तपाईँलाई डिन बन्ने बाटो छेकेको थियो?

तीन कारण थिए। पहिलो कारण आइओएमलाई कीर्तिपुरमा सारेर चलखेल गर्ने कुरा थिए। पहिला नै मैले सार्नु हुन्न भन्ने बताएका थिएँ। सोही कारण त्रिवि पधाधिकारी मसँग रुष्ट थिए।

दोस्रो कारण,  अख्तियार लगाएर हामीलाई सिध्याउने खेल खेलिएको थियो। मैले अदालतबाट सफाई पाएको थिएँ। र, तेस्रो कारण म कुनै दलमा आवद्ध थिइन। म दलीय भागबण्डामा पर्दिन थिएँ। म डिन हुँदा कसैले पनि चलखेल गर्न नपाउने बुझिसकेका थिए। र, मलाई जुनसुकै हालतमा डिन हुनबाट रोक्न त्यतिबेला आइओएमकै केही साथीहरु र त्रिवि पदाधिकारीहरु लागेका थिए।


त्रिवि पधाधिकारी देखि आइओएमकै कर्मचारी तपाईँका विरुद्धमा हुँदाहुँदै तपाईँले एक वर्षसम्म काम गर्नुभयो। के कस्ता अवरोधहरु आए?

म आइओएममा आउँदा पनि ताला लागेको थियो, अहिले पनि ताला लागेको छ। गाह्रो एकदम नै छ। तर, काम गर्न नसक्ने भने हैन। मैलै गाह्रो हुदाँहुँदै काम धेरै गरेँ। यो एउटा युद्ध जितेजस्तै भयो।

मेरिटमै भर्ना गर्नु पर्ने, तोकिएकै शुल्कमा भर्ना गर्नुपर्ने लगायतका विद्यार्थीहरुको भविष्यमा चिटिङ नहोस् भनेर सिस्टम बसालियो। तपाईँहरुलाई थाहा नै छ २०७३/७४ को एबबीबीएस भर्ना ९ पटक काउन्सिलिङ गरेर  ८० प्रतिशत भन्दा बढी भर्ना मेरिटमा गर्ने परिपाटी बसाल्यौँ। त्यो बेला सरकारले र विश्वविद्यालयले केही गर्न सकेको थिएन। छाडाताल थियो।

पिजीमा तपाईँहरुले हेरिसक्नु भएको छ। करोड भन्नेहरुले ३१ लाखमा भर्ना गर्नुपर्यो। मेरिटहरु भर्ना हुन पाए। बढी पैसा तिरेर भर्ना हुने निस्कनु पर्यो। यो सबै चानचुने उपलब्धि होइन।

यसपाली झन गजब भएको छ। एडमिसनको काउन्सिलिङको पनि यहीँ। भर्ना शुल्क अनलाइमा राखिसकेको छ। कलेजले तोकेको शुल्कभन्दा ५० प्रतिशत भन्दा कममा पढाउँछ भने रसिद ल्याएर दिने हामी भर्ना गरिदिन्छौँ। एमबीबीएसको पनि हामी २६ गते बाट गर्दैछौं। अहिले अवस्था अलिकति एकाएक चेन्ज भएको छ। त्यसैले सफल हुन्नौं कि भन्ने डर लागेको छ। तर, हामी सफल हुन्छौँ। 
 

चार वर्षअघि वर्खास्त पर्नुभएका डिन शर्मालाई चलखेल गर्नकै लागि सर्वोच्चलले पुनर्वहाली गरेको भन्ने चर्चा छ।  यो चार दिनमा उहाँले के कस्तो चलखेल गर्लान ?

यो चार दिनमा उहाँले के नै गर्नुहोला र?  उहाँ चार दिनको  लागि मात्रै डिन भएर किन आउनुभयो? त्यो उहाँको विषय हो। मैलै भन्ने ठाउँ छैन। तर, चार दिनपछि के कस्तो परिस्थिति आउँछ त्यसको बारेमा म जानकार छैन।
 

सर्वोच्चले बरिष्ठताको आधारमा डिन बनाउने प्रकियालाई अवरोध गरेको भन्दै डा केसी अनशन बस्नुभएको छ। बारम्बार अनशन बस्नु जायज हो?

अनशनको बारेमा के भन्नु उहाँको व्याक्तिगत रोजाइ हो। मैलै योभन्दा अघि पनि आधारिक तथा व्याक्तिगत रुपमा पटक टक अरु कुनै माध्यमबाट मागहरु राखौं भन्ने गरेको छु। उहाँको व्याक्तिगत रोजाइमा म केही भन्न सक्दिन।

डा केसीको अनशनले चिकित्सा क्षेत्रमा परिवर्तन आएको त सत्य हो नि?

यो त प्रष्टै छ। विद्यार्थीहरुले पिजीमा फ्रिमा पढ्न पाए। देशमा स्वास्थ्य सेवा विकास हुनुपर्छ भने एकै ठाउँमा हैन देशभरि स्वास्थ्य संस्थाहरु छरिनुपर्छ। डा केसीको भन्दा पहिले मैले यी एजेण्डाहरु उठाएको थिएँ। तपाईँ हेर्न चाहनुहुन्छ भने रेकर्ड पनि छ मसँग। र, पढ्ने डाक्टरहरुलाई गाउँमा ६ महिना गाउँमा पठाउनुपर्छ भन्ने मान्यता हो। हामी तीन महिना पठाउन सफल भयौं। तर, निजी कलेजले अहिलेसम्म त्यस्तो गरेको छैन। अडान लिएर काम गर्यो भने धेरै गर्न सकिन्छ भन्ने उदाहरण हो डा केसी।
 

बेला बेलामा आइओएममा ताला लाग्नेदेखि विभिन्न आन्दोलन भइरहेको हुन्छ। किन विद्यार्थीको माग कहिल्यै पूरा हुन्न?

यस्ता आन्दोलनका फरक पाटाहरु हुन सक्छन्। डिनलाई प्रेसर दिन तथा अफ्ठ्यारोमा पार्न हुन सक्छ। देखाउन एउटा र अर्को कामका लागि प्रेसर दिएको हुन सक्छ। यहाँ विभिन्न राजनीतिक दलका संगठन छन्। मेरा लागि सबै बराबर हुन्। सोही कारण पनि  हुन सक्छ। विद्यार्थीको माग त मेरा एजेण्डा हुन्। सही मागका लागि उनीहरुले आन्दोलन गर्नुको आवश्यकता नै हुन्न। सकेसम्म मागहरु त पूरा गरेकै छ। ताला लगाएरु त सुधार एकैदिनमा हुन्न। म सही माग पूरा गर्न कहिले कम्प्रोमाइज गर्दिन।
 

तपाईँ डिन भएको १ वर्षभित्र के कस्ता सुधारका काम भए?

नब्बर एक २०७३/७४ मा मेरिट बेसिसमा विद्यार्थी भर्ना गर्यौ। नम्बर दुई पिजीमा एडमिसन मेरिट बेसिसमा तोकिएको शुल्कमा गर्यौं । ग्राजुएसनका सबै वियषहरुमा इन हाउस काउन्सिलिङ गरेर मेरिट बेसिसमा तोकिएको कलेजमा किस्ताबन्दीमा आफैले भर्ना गरिदिने व्यवस्था गर्यौ। नम्बर तीन हामी २०७४ को ग्राजुयसनको सबै प्रोगामहरुमा इन हाउस काउन्सिल गरेर मेरिट बेसिसका विद्यार्थीहरुलाई तोकिएको शुल्कमा भर्ना गर्ने व्यावस्था गर्यौ।
त्यसैगरी म डिन भएर आएपछि क्याम्पसमा एसिस्टेन्ट डिन र क्याम्पस प्रमुख नियुक्त गरेँ। सर्च कमिटी बनाएर निष्पक्ष रुपमा अरुलाई मान्छे छान्न दिएँ। बिना भागबण्डा नियुक्ति गरियो। हाम्रो रिसर्च डिपार्टमेन्ट सानो कोठामा सीमित थियो, म आएपछि फ्लोरमा सार्यौ। आइओएमको भवन भूकम्पछि २ वर्षसम्म बनेको थिएन। अबको केही महिनामा भवन निर्माण सकिने अवस्थामा छ। महाराजगन्ज मेडिकल क्याम्पसको भवन बन्ने काम अगाडि बनेको छ। विद्यार्थीहरुको लागि होस्टेल बनेको छ।

यति काम गर्नको लागि के कस्ता अवरोध आए?

साच्चै भन्ने हो भने धेरै ठाउँबाट दबाब आए। कतिपय केसहरु अदालतसम्म पनि पुग्यो। मेरिट बेसिस, सिट संख्या, कलेज फिको  बारेमा अलिअलि दबाव आएको हो। तर, सिस्टम मेरो साथमा थियो। इच्छाशक्तिका कारणले पनि म यसमा अवरोधको बाबजुद सफल भएँ।


भावि योजनाहरु केके छन् तपाईँका?

मैलै पहिलो चरणको काम सकेँ विद्यार्थीको सेलेक्सन र फिको बारेमा। अब ठूलो च्यालेन्ज पाठ्यक्रमअनुसार सबै ठाउँमा पढाइ भएको छ कि छैन? डाक्टरहरु कम्पिनेन्ट छ कि छैनन? यस्तो विषयमा ध्यान पुर्याउन बाँकी छ। मलाई पहिलादेखि नै लागिरहेको छ हाम्रो शिक्षामा कही न कतै खोट छ, जसलाई हामीले सुधार्नुछ। त्यतातिर मैले ध्यान दिन पाएको छैन। अब मैलै समय पाएँ र काम गर्न पाएँ भने यतातिर मेरो ध्यान जान्छ।

अर्को सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो दरबन्दीहरु अत्यन्तै कम छ। हामीसँग स्रोत साधन कम छ। यही कारण अस्पताल भिड छ। यो सबै कुराहरु परिवर्तन गर्नतिर ध्यान दिनुपर्छ।

महत्वपुर्ण कुरा के छ भने मेडिकल एजुकेसन अरु एजुकेसन सरह हैन। क्वालिटी हरेक एजुकेसनमा चाहिन्छ। तर, मेडिकल एजुकेसनमा झन बढी क्वालिटी चाहिन्छ। योभन्दा अघि मैले कडाइका साथ अरु काम गरेँ। अबको  मेडिकल एजुकेसन गुणस्तरीय बनाउन कडाइका साथ काम गर्छु।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell