PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सर्वोच्चमा सकियो डा केसीको बहस, फैसला अाजै अाउने सम्भावना



पहिलोपोस्ट

सर्वोच्चमा सकियो डा केसीको बहस, फैसला अाजै अाउने सम्भावना

काठमाडौं:  डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा इजलासमा बहस सकिएको छ।

इजलासमा शुरुमा सर्वोच्च प्रशासनका तर्फबाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरेका थिए। 

त्यसपछि केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई लगायतका कानुन व्यवसायीले बहस गरे। 
 
उक्त मुद्दाको फैसला अाजै अाउने सम्भावना रहेको छ।

अपहेलना मुद्दामा डा केसीलाई मंगलबार सर्वोच्चले बयान लिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell