PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुँदैन : दिनेश त्रिपाठी



पहिलोपोस्ट

न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुँदैन : दिनेश त्रिपाठी

काठमाडौं : सर्वोच्च अदालतमा डा गोविन्द केसीको पक्षमा बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशविरुद्ध बोल्दैमा मानहानी नहुने बताएका छन्।

डा केसीको बहस सकिएलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको न्यायाधीशविरुद्धमा बोल्दैमा मानहानी नहुने बताएका हुन्।

उनले भने, 'अदालतका न्यायाधीश विरुद्धमा बोल्दैमा मानहानी हुँदैन। यो संविधानमै उल्लेख छ।'

कुनै मुद्दा चलिरहँदा, न्याय सम्पादनबारे बोलेमात्र मानहानी हुने उनको दाबी छ। 

डा केसीको बचाउ गर्दै अधिवक्ता त्रिपाठीले कुनै पदले भन्दा पनि व्यक्तिले गलत कार्य गरेको हुन सक्ने भन्दै अदालतकै न्यायाधीशको छानबिन हुनुपर्ने माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell