
काठमाडौं : अन्जल विष्टको दुई गोल मद्दतमा सिएमजी संकटा क्लबलाई गर्दै पराजित सशस्त्र प्रहरी बलको एपीएफ सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको दोस्रो क्वाटरफाइनलमा एपीएफले संकटालाई २-० ले पराजित गरेको हो। एपीएफले अब पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ सँग खेल्नेछ। सुदूरपश्चिम पहिलो खेलमा च्यासललाई हराउंदै सेमिफाइनल पुगेको हो।
धनगढी रंगशालमा भएको खेलमा संकटालाई जिताउन विष्टले २३औँ र ८५औँ मिनेटमा गोल गरे। म्यान अफ दी म्याच समेत बनेका विष्टले नगद १० हजार हात पारे।
प्रतियोगिताअन्तर्गत भोली थ्री स्टार र त्रिभुवन आर्मीबीच खेल हुनेछ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप–विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन्।