
काठमाडौं : हालै स्थापना भएको राजर्षी विश्वविद्यालयको पहिलो उपकूलपतिमा डा. भरत झा नियुक्त भएका छन्।
प्रधान मन्त्री शेरबहादुर देउवाले झालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
डा. झालाई शुक्रबार औपचारिक नियुक्ति प्रदान गर्न प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ।
महोत्तरी स्थायी घर भएका झाले बेलायत र जापानबाट अध्ययन गरेका छन्।
तीन वर्षअघि आइओएमको प्रोफेसर पदबाट रिटायर्ड भएका झा दुई पटक सहायक डीनसमेत भइसकेका छन्।
नेपाल हेल्थ प्रोफेसनेल काउन्सिलको तीन पटक अध्यक्ष भएका झाले विश्वविद्यालय अनुदान आयोगमासमेत ५ वर्ष काम गरेका थिए। साझा स्वास्थ्य सेवाको अध्यक्ष भइसकेका झा वीर अस्तालको एकेडेमिक काउन्सिलका सदस्यको रुपमा काम गरेका थिए।