PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नवराज सिलवाललाई भेटेन ललितपुर प्रहरीले



सविन ढकाल

नवराज सिलवाललाई भेटेन ललितपुर प्रहरीले

काठमाडौं : कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानविनका लागि पूर्व डीआइजी नवराज सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई काटेको पत्रको प्रत्युत्तर आएको छ।

सर्बोच्च अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवाल माथि सोधपुछ र बयान लिनुपर्ने भन्दै गत १८ गते पत्र काटेको थियो। 

सिलवालको घर ठेगाना अनुसार उनी फेला नपरेको भन्दै पत्र पुन: काठमाडौं प्रहरीलाई नै पठाएको हो। ललितपुर परिसरका डिएसपी नरेन्द्र चन्दले सिलवाल फेला नपरेको भन्दै काठमाडौं प्रहरीलाई जानकारी गराएको बताए। उनले भने, 'हामीले पाएको ठेगानामा उहाँ फेला पर्नुभएन। त्यसैको जानकारी पठाएका हौं।'

ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवालले पूर्व निर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको भन्दै 'फरार' नभएको जानकारी दिएका थिए। 

मलेसियाबाट पहिलोपोस्टसँग टेलिफोनमा कुराकानी गर्दै पूर्व डिआइजी सिलवालले भनेका थिए, 'म भागेको भन्ने हल्ला मात्र हो। पूर्वनिर्धारित कार्यक्रमको लागि मलेसिया आएको हूँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell