PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट : नेपालको दोस्रो हार, बंगलादेशसँग ४ विकेटले पराजित



पहिलोपोस्ट

नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट : नेपालको दोस्रो हार, बंगलादेशसँग ४ विकेटले पराजित
फोटो : एनएसजेएफ

काठमाडौं : पाकिस्तानमा भइरहेको पाँचौ नेत्रहिन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

पहिलो पटक एकदिवसीय विश्वकपमा सहभागिता जनाएको नेपाल बुधबार भएको दोस्रो खेलमा बंगलादेशसँग ४ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २३४ रन बनाएको थियो। नेपालको लागि कप्तान कृतन श्रेष्ठ दुवालले सर्वाधिक ६६ रन बनाए भने खिमानन्द  ले ३४ तथा पदम बडैलाले ३० रन जोडे।

जवाफमा बंगलादेशले ३३.४ ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाउदै पहिलो जित हात पारेको हो। बंगलादेश पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो। बंगलादेशका लागि मेहमुद रसिदले नटआउट रहदै सर्वाधिक ६० रन बनाए। असिकर रहेमानले ४५ रनको योगदान गरे। नेपालका भरत थापाले २ विकेट लिए।

बंगलादेशका मेहमुद रसिद म्यान मफ दी म्याच घोषित भए भने नेपालका कृतन श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर चुनिए।

नेपालले अब तेस्रो खेल आगामी शनिवार श्रीलंकासँग युएईमा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell