PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

इस्ट पोल क्वाटरफाइनलमा



पहिलोपोस्ट

इस्ट पोल क्वाटरफाइनलमा

इस्ट पोल प्रथम केब्स कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। कुमारी इङलिस बोर्डिङ स्कुल (केब्स) को आयोजना भएको प्रतियोगितामा इस्ट पोलले लोयलटी एकेडेमीलाई १–० गोलले पराजित गर्‍यो।

त्यस्तै जेम्सले अरुणिमालाई १–०, आईडियल ‘बी’ ले वज्रलाई ३–० तथा केयू सिटीले आयोजक केब्स ‘बी’ लाई ३–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

चावहिलको गणेशथानमा आइतबारसम्म चल्ने नक आउट प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell