PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

टंक र शुक्र संयुक्त रुपमा शीर्ष स्थानमा



पहिलोपोस्ट

टंक र शुक्र संयुक्त रुपमा शीर्ष स्थानमा

काठमाडौं : नेपाल गल्फ संघद्धारा आयोजित एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपमा पहिलो दिन तीन ओभर ७१ अंक सहित टंकबहादुर कार्की र शुक्रबहादुर राई संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्। बुधवारदेखि रोयल नेपाल गल्फ कल्वमा शुरु भएको च्याम्पियनसिपमा टंक र शुक्रले पहिलो १८ होलाको समाप्तीमा सुरेश तामाङलाई ३ स्ट्रोकले पछि परेका छन्।

६ ओभर ७४ अंक सहित शुरेस तमाङ तेस्रो र सात ओभर ७५ को नतिजामा नवराज थापा चौथो स्थानमा रहेका छन्। ८ ओभर ७६ को स्कोर कार्ड बनाएका सुवास घिसिङ, भरत बस्ताबोटी र विपिन तामाङ पाँचौ स्थानमा छन्। यस्तै ७७ अंक जोडी विनोद तामाङ र सुमन परियार संयुक्त रुपमा ८ औं तथा स्थानमा छन्।

जोइन्ट लिडर टंकले ७१ स्कोर जोड्ने क्रममा फ्रन्ट नाइन चार ओभर अड्तीस र ब्यक नाइन एक अण्डर ३३ मा सकाए। पहिलो होल्डमा डबल बोगी खेपेका टंकले पाँचौ, छैटौं, सातौं र चौंधौं होलमा बोगी प्रहार गरे। चौथो तेह्रौं र अठारौं होलमा भने बर्डीको सफलता प्रप्त गरे।

शुक्रले तेस्रो छैटौँ र सातौं हालमा एक–एक सट खेर फाले भने चौथो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन दुई अन्डर ३६ मा पुरा गरे। यसपछि एघारौं होलमा बर्डी र पाँच पारको तेह्रौं होलमा इगलको सफलता प्राप्त गरे पनि दशौं, पन्द्रौ, सोह्रो र सत्रौं होलमा बोगी खेपे संगै ब्यक नाइन एक अण्डर ३३ मा सकाए।

टिम स्पर्धामा मध्यमाञ्लले निर्भाना कन्ट्रिकल्वलाई २ स्ट्रोकले पछि पारेको छ।

टंक बहादुर कार्की, सुवास घिसिङ र सन्दिप तामाङ सम्मिलित मध्यमाञ्चल १४७ अंकसहित पहिलो स्थानमा रहेको छ। शुक्रबहादुर राई युवराज भुजेल र सुन्दर राई सम्मिलित निरभान कन्ट्रि क्लबले १४९ अंक जोडेर दोस्रो स्थानमा रहदा १५३ अंकका साथ पश्चिमाञ्चल र रोयल नेपाल गल्फ क्लव संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन्।

सात टिमका ४० खेलाडी सहभागि प्रतियोगितको टिमतर्फको फाइनल भोली हुनेछ भने ब्यक्तिगततर्फ २१ खेलाडीले तेस्रो तथा अन्तिम दिनको लागि कट बनाउँन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell