PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सर्वोच्चले माग्यो प्रधान न्यायाधीशको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र

सर्वोच्चले माग्यो प्रधान न्यायाधीशको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यता सहित न्याय परिषदले उनको नियुक्ति गर्दाको निर्णयसमेत पेश गर्न निर्देशन दिएको छ। 

अदालतको अपहेलना मुद्दामा डाक्टर गोविन्द केसीलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराएसँगै केसीले प्रधान न्यायाधीशमाथि नै आरोपहरु प्रस्तुत गरेका थिए। उनले शैक्षिक योग्यता तथा फैसलाहरु त्रुटीपूर्ण रहेको जनाएका थिए।

आज सर्वोच्चमा भएको बहसपछि केसीलाई तारेखमा रिहा गरिएको छ भने प्रधान न्यायाधीशमाथि उठेका मध्ये केही सवालको सर्वोच्चले जवाफ खोजेको छ।

आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।
 


ट्रेन्डिङ पोस्ट

Ncell