PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

तारेखमा छुटेका डा केसी फागुन ८ मा सर्बोच्चमा हाजिर हुनुपर्ने, डा केसीले अनशन जारी राख्ने



सागर बुढाथोकी

तारेखमा छुटेका डा केसी फागुन ८ मा सर्बोच्चमा हाजिर हुनुपर्ने, डा केसीले अनशन जारी राख्ने

काठमाडौं : सर्वोच्च अदालतले डा गोविन्द केसीलाई तारेखमा छोड्न आदेश दिएको छ। उनलाई फागुन ८ मा सर्वोच्चमा उपस्थित हुने गरी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा सर्वोच्चले छाडेको छ।

सुरुमा अधिवक्ता भण्डारीले तारेख पत्रमा हस्ताक्षर गर्न मानेका थिएनन्। डा केसीसँग सहमतिपछि मात्र हस्ताक्षर गर्ने अडान राखेका भण्डारीले केसीसँगको छलफलपछि हस्ताक्षर गरेका छन्।

सर्वोच्चबाट छुटेलगत्तै डा केसी शिक्षण अस्पताल महराजगञ्जको अनशनस्थल जाने भएका छन्। उनले अनशन जारी राख्ने बताएका छन्।
न्यायाधीसद्वय पुरुषोत्त भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।

उनले अनशन कम्तिमा भोलिसम्मका लागि जारी रहने पनि बताए। 'त्यसपछि के गर्ने भन्ने भोलि नै तय गर्छौं,' केसीले भने।

आधा घन्टा अगाडि बहस सकिएसँगै सर्वोच्चले डा केसीलाई तारेखमा छाड्न आदेश दिएको हो।

इजलासमा शुरुमा सर्वोच्च प्रशासनका तर्फबाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरेका थिए। 

त्यसपछि केसीको तर्फबाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई लगायतका कानुन व्यवसायीले बहस गरे। 

अपहेलना मुद्दामा केसीको मंगलबार सर्वोच्चले बयान लिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell