PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

राष्ट्रिय बास्केटबल : आर्मी र मध्यमाञ्चल समूह विजेता बन्दै सेमिफाइनलमा



पहिलोपोस्ट

राष्ट्रिय बास्केटबल : आर्मी र मध्यमाञ्चल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं : आर्मी र मध्यमाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं महिला राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा आर्मीले नेपाल प्रहरीलाई ९५–७० ले पराजित गर्दै समूह विजेता बन्यो। आर्मीको जितमा रविन खत्रीले २९ अंक जोडे। प्रहरी पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो।

समूह ‘बी’ को लिग खेलमा मध्यमाञ्चलले एपीएफ क्लबलाई ८२–७५ ले हरायो। जितसंगै मध्यमाञ्चल समूह विजेता भयो। मध्यमाञ्चलका लागि राजिव जोशीले २९ स्कोर गरे। हार बावजुद एपीएफ उपविजेताका हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो। सेमिफाइनलमा आर्मीको भेट एपीएफसंग हुनेछ भने मध्यमाञ्चलले प्रहरीको सामना गर्नेछ।

महिलामा पूर्वाञ्चललाई ५३–४७ ले पाखा लगाउदै पश्चिमाञ्चल सेमिफाइनलमा पुग्ने अन्तिम टिम बन्यो। समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल पुगेको पश्चिमाञ्चलको जितमा लिमा पुनले १९ अंक योगदान गरिन्। सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनल मध्यमाञ्चल र आर्मीबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell