
काठमाडौं : नेपाल आर्मी र एपीएफ राखेप च्याम्पियनसिपअन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन्। आर्मी पुरुषतर्फ तथा एपीएफ महिलातर्फ च्याम्पियन बनेका हुन्।
बुधबार भएको पुरुषतर्फको फाईनल स्पर्धाबाट आर्मीले ८ स्वर्ण, १ रजत र १ कास्य हात पादै च्याम्पियन बन्यो। महिलातर्फको फाईनल स्पर्धामा एपीएफले ३ स्वर्ण ४ रजत १ कास्य जित्दै च्याम्पियन बन्यो।
पुरुषतर्फ झापा जिल्ला १ स्वर्ण, १ रजत र १ कास्य जित्दै दोश्रो हुँदा नेपाल पुलिस १ स्वर्ण र ४ कास्य सहित तेश्रो भयो। त्यस्तै महिलातर्फ आर्मीले ३ स्वर्ण, २ रजत र ३ कास्य हात पादै दोश्रो हुदा पुलिस १ स्वर्ण र २ कास्यका साथ तेश्रो भयो।
प्रतियोगितामा आर्मीका प्रेम चौधरी पुरुषतर्फका उत्कृष्ट खेलाडी चुनिदा महिलातर्फ आर्मीकै बिमला श्रेष्ठले उत्कृष्ट खेलाडीको उपाधि जितिन्। प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका झापाका प्रकाश लिम्बु ईजाम र ललितपुर टिकाथलीका जेनिस राई उदियमान खेलाडी घोषित भए। उनीहरुलाई झापा जिल्ला बक्सिगं संघले जनही पाँच पाँच हजार नगद पुरस्कार प्रदान गर्यो।
झापाको बिर्तामोड बजारमा सञ्चालन भएको प्रतियोगितामा महिला लाईट फ्लाईवेटको ४८ केजी तौल समूहको फाईनलमा नेपाल आर्मीकी ललिता महर्जनले एपीएफकी नंग्जा बुढामगरलाई अंकका आधारमा हराउँदै स्वर्ण जितिन्। ५१ केजी तौल समूहको फाईनलमा एपीएफकी माला राईले नेपाल आर्मीकी गीता कुमारी थापालाई अंककै आधारमा हराउदै स्वर्ण हात पारिन्।
महिला वेन्टमवेटको ५४ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठ च्याम्पियन बनिन्। उनले उपाधि भिड्न्तमा भक्तपुरकी निता गोसाइलार्ई हराइन्। महिला ५७ केजी तौल समूहमा नक्शालकी कुसुम तामाङले एपीएफकी सन्जु लामालाई अंकका आधारमा हराउँदै स्वर्ण जितिन्। महिला ६० केजी तौल समूहमा एपीएफकी संगिता सुनारले काठमाण्डौंकी मन्दिरा पुतुवारलाई पराजित गर्दै स्वर्ण जितिन्। ६४ केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी विनिता थापामगरलाई स्तब्ध बनाउदै स्वर्ण जितिन्। महिला ६९ केजी तौल समूहमा नेपाल प्रहरीकी अनुराधा लामाले एपीएफकी मनिता राईलाई हराउदै स्वर्ण जितिन्। महिला ७५ केजी तौल समूहमा एपीएफकी सरस्वती राणाले आर्मीकी सबिना श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन्।
प्रतियोगिता अन्तर्गत २७औं पुरुष राष्टिय बक्सिङ प्रतियोगिताको ४९ केजी तौल समूहको फाईनलमा आर्मीका तेज बहादुर देउबाले सुनसरीका सुलभ राज तुलाधरलाई हराउँदै स्वर्ण हात पारे। पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई पराजित गदै पहिलो स्थान हात पारेका छन्। पुरुष ५६ केजी तौल समूहमा आर्मीका विमल रोकाले स्वर्ण जिते। एपीएफका पुरन राई खेलका क्रममा इन्जुरी भए पछि निर्णयकले रोकालाई बिजयी घोषित गरेका थिए।
यसैगरी पुरुष ६० केजी तौल समूहमा झापाका प्रकाश लिम्बु ईजामलाई आर्मीका एकबहादुर घलेले फाइनल खेलमा पराजित गदै स्वर्ण जिते। पुरुष ६४ केजी तौल समूहको उपाधि भिड्न्तमा नेपाल प्रहरीका भूपेन्द्र थापामगरले आर्मीका दिपक श्रेष्ठलाई पराजित गदै स्वर्ण जितेका छन्। पुरुष ६९ केजी तौल समूहमा आर्मीका विष्णु घलेले एपीएफका विकास बल लामालाई हराउदै स्वर्ण जितेका छन्।
यस्तै ७५ केजी तौल समूहमा आर्मीका दिपेश लामाले एपीएफका कौशल जंग थापालाई हराउँदै स्वर्ण जिते। पुरुष ८१ केजी तौलको फाइनलमा झापाका मनोहर बस्नेतले ललितपुर टिकाथलीका सौजन थापालाई पराजित गर्दै उपाधि जिते।
यसैगरी पुरुष ९१ केजी तौलको फाईनलमा आर्मीका श्याम खड्काले एपीएफका गोकुल गुरुंगलाई हराउदै स्वर्ण जिते। यसैगरी ९१ केजी तौल समूहभन्दा माथिको फाइनलमा आर्मीका आशिष दुवाडीले काठमाडौंका मेघ डेनियल लामालाई पराजित गर्दै स्वर्ण जिते।