PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

कोपा डले रे : नुमानसियासँग बराबरी खेलेपनि रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश



पहिलोपोस्ट

कोपा डले रे : नुमानसियासँग बराबरी खेलेपनि रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश

नुमानसियासँग दोस्रो लेगमा २-२ गोलको बराबरीमा रोकिएपनि रियल मड्रिड कोपा डेल रे पुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३-० को जित निकालेको रियल समग्रमा ५-२ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाएको हो।

घरेलु मैदानमा रियलका लागि लुकास भजक्वेजले दुई गोल गरे भने नुमानसियाका लागि गुइलेर्मोले दुवै पटक बराबरी गोल फर्काएका थिए।

अन्तिम समयमा डानी साल्भो दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि नुमानसियाले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell