PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

डा. केसीले तत्काल अनशन नतोड्ने, 'समर्थकको विरोध प्रदर्शन जारी'



पहिलोपोस्ट

डा. केसीले तत्काल अनशन नतोड्ने, 'समर्थकको विरोध प्रदर्शन जारी'

काठमाडौँ: प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले अनशन जारी राख्ने भएका छन्। केसीको माग बमोजिम अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रका विषय अध्ययनका लागि कागजात मगाउने आदेश गरे पनि केसीले अनशन नतोड्ने बताएका छन्।

केसीले बुधबार सहयोगसँग परामर्श गरेर अनशनबारे निर्णय लिने बताएका थिए। तर, बिहीबार उनका सहयोगी डा. अभिषेकराज सिंहले केसीले अनशन जारी राख्ने निधो गरेको बताए।

सिंहले भने ‘तत्काल अनशन नतोड्ने कुरा भयो।’

यसैबीच अदालतको आदेशपछि प्रधानन्यायाधीशलाई पदबाट अलग रहन दबाव दिनका लागि केसी समर्थकले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन्। दिउँसो १ बजे माइतीघरमा र्‍याली निकाल्ने तयारी केसी समर्थकको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell