PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपालीको स्वाभिमान बच्छः अध्यक्ष ओली



पहिलोपोस्ट

अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपालीको स्वाभिमान बच्छः अध्यक्ष ओली
फाइल फोटो

काठमाडौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्।

राष्ट्रिय एकता दिवसका अवसरमा विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

“हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ”विज्ञप्तिमा भनिएको छ, “नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन्।”

अध्यक्ष ओलीले पृथ्वीनारायण शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न योगदान दिएको उल्लेख पनि गर्नुभएको छ। आज मनाइने एकता दिवसका लागि सरकारले राष्ट्रिय बिदा दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell