PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

गोविन्द केसी समर्थनमा दमकका युवा, लगाए आफ्नै हातमा हत्कडी

गोविन्द केसी समर्थनमा दमकका युवा, लगाए आफ्नै हातमा हत्कडी

पहिलोपोस्ट /पहिलोपोस्ट


झापा: प्राध्यापक डाक्टर गोविन्द केसी पक्राउको बिरोधमा झापा दमकमा दवाव र्‍याली तथा प्रदर्शन भएको थियो।  युथ नेटवर्कको संयोजनमा विभिन्न संस्था तथा सामाजिक सञ्जालमा क्रियाशिल समुहहरु केसीको समर्थनमा उत्रिएका हुन्।

सहभागीले कार्यक्रमको प्रहिलो चरणमा हत्कडी लगाएका, मुखमा कालोपट्टी र टाउकोमा सेतो कफन सहित नारा लेखिएका पम्प्लेट बोकेर दमक नगर परिक्रमा गरे। त्यस्तै कार्यक्रमको दोश्रो चरणमा दमकको गणतन्त्र चोकमा सहभागीले मौन प्रदर्शन सहित विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तिहरुलाई फोन सम्पर्क गरी गोविन्द केसीको पक्राउका बारेमा धारणा व्यक्त गर्न लगाइयो। 

कार्यक्रममा एमाले नेता लालबाबु पण्डित, युवा नेता जागृत रायमाझी, माओवादी नेता विश्वभक्त दुलाल (आहुती) शिक्षाविद् विद्यानाथ कोइराला, विद्यार्थी नेता सुदेश पराजुली, नेपाल जेसिजका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी तथा लेखक/विश्लेषक खगेन्द्र सङ्ग्रौला लगायतले फोन मार्फत आफ्नो धारणा राखे। कार्यक्रममा विवेकशील साझा पार्टी, दमक जेसिज, अखिल (क्रान्तिकारी), युथ फर ब्लड, युथ फर चेन्ज, यम.आर.आर., पि.सि.एल., डब्लु.आर.आर., डि.पि.यल., दारी ग्याङ लगायतका समुहको पनि सहभागिता रहेको थियो। 

सर्वोच्च अदालतले तारेखमा रहने गरी डाक्टर केसीलाई छोड्न निर्देशन दियो। साथै डाक्टर गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दै प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि लागेको आक्षेपमा प्रश्नको जवाफ खोज्न लगाएको छ। यस्तोमा गोविन्द केसीले भने आफ्नो अनशन तत्काल नतोड्ने बताएका छन्। 

अदालतको आदेशपछि प्रधानन्यायाधीशलाई पदबाट अलग रहन दवाव दिनका लागि केसी समर्थकले आज देशका विभिन्न शहरमा प्रदर्शन जारी राखेका छन्। 



 

 

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell