PahiloPost

Jun 24, 2026 | १० असार २०८३

डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड क्षति



रासस

डोल्पा: हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन्। 

आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए। आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ। 

आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला–९ होर्त गाउँका नन्दकुमारी बुढा, सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, रामबहादुर बुढा, शान्ति बुढा, दलजित बुढा र कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ। कर्णबहादुर बुढाका तीनवटा बाख्रा पनि जलेको बताइएको छ । बुधबार बेलुकी शुरु भएको आगलागी आज बिहान मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell